काठमाडौं: सरकारले यसअघि जारी गरेका चार अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ती विधेयक औपचारिक रूपमा प्रस्तुत गरिएका हुन्।
संसदमा पेस गरिएका विधेयकमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित केही नेपाल ऐन संशोधन विधेयक, २०८३ रहेका छन्।
सरकारले अध्यादेशमार्फत ल्याइएका व्यवस्थालाई निरन्तरता दिँदै कानुनी आधार सुनिश्चित गर्न यी विधेयक अघि बढाएको जनाएको छ।
सार्वजनिक खरिद प्रणालीको सुधार, वित्तीय पारदर्शिता अभिवृद्धि, सहकारी क्षेत्रको सुदृढीकरण तथा स्वास्थ्य सेवासम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले विधेयक प्रस्तुत गरिएको बताइएको छ।
प्रतिनिधि सभामा दर्ता भएका यी विधेयक अब संसदीय छलफल र निर्णय प्रक्रियाबाट अघि


















