यराहदानी विभाग अगाडि एक पुरुषले आत्मदाहको प्रयास

काठमाडौं:  त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले बिहीबार आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार ती पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए।

घटनापछि प्रहरीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाएको छ।

हालसम्म घाइते पुरुषको परिचय खुल्न सकेको छैन। उनले आत्मदाहको प्रयास गर्नुको कारण पनि खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।