सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं: नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा जारी बैठकमा सरकारका नियमित कार्यसूचीसँगै विभिन्न मन्त्रालयले प्रस्तुत गरेका एजेण्डामाथि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयका साथै मन्त्रालयगत प्रस्ताव र निर्णयका विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ।