सुन प्रतितोला ६ सय र चाँदी ८० रुपैयाँले महँगियो

काठमाडौं: साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले वृद्धि भएको छ।

आइतबार प्रतितोला ४ हजार २४० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ४ हजार ३२० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।