गोविन्द केसीलाई धर्मशाला छाड्न पत्र, सत्याग्रह अन्योलमा

काठमाडौं: स्वास्थ्य क्षेत्र सुधारका लागि सातबुँदे माग राखेर धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई मन्दिर व्यवस्थापन समितिले धर्मशाला खाली गर्न पत्र पठाएको छ।

पत्र आएपछि अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको डा. केसीका सहयोगी डा. अमृत जैसीले बताए। उनका अनुसार डा. केसीले व्यवस्थापन समितिको अनुमति लिएर नै सत्याग्रह सुरु गरेका थिए र यसअघि पनि सोही स्थानबाट दुई पटक सत्याग्रह सञ्चालन गरिसकेका थिए।

यता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले भने डा. केसीले कोठामा बस्ने जानकारी मात्र दिएको, सत्याग्रह गर्नेबारे जानकारी नगराएको दाबी गरेका छन्। धार्मिक संस्थामा अनसन बस्न अनुमति दिएको भन्दै विभिन्न पक्षबाट दबाब आएपछि धर्मशाला खाली गर्न पत्र पठाइएको उनको भनाइ छ।

डा. केसीले गेटामा निर्माणाधीन शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागसहित सातबुँदे माग राखेर सत्याग्रह सुरु गरेका