माओवादी नेतृत्वले मात्र मुलकमा आर्थिक विकास र समृद्धि सम्भवः नारायणकाजी श्रेष्ठ

चितवनः  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीको नेतृत्वमा मुलकमा आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

प्रेस सेन्टर जिल्ला समन्वय समिति चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा श्रेष्ठले मुलुकको विकासका लागि सरकारको नेतृत्व माओवादीको हातमा आउनुपर्ने बताएका हुन् ।

मुलुकमा व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन ल्याउन माओवादीले मात्रै सक्ने उनको उनको दाबी छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले आगामी निर्वाचनबाट माओवादी पुनः सरकारमा फर्कन विश्वास व्यक्त गरे ।

उनले माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा एकता बद्ध रहेको पनि बताए ।

पार्टीभित्र विभिन्न समूहहरू हुन सक्ने भए पनि प्रचण्डकै नेतृत्वमा पार्टीलाई रुपान्तरण र एकताबद्ध ढंगले अघि बढाउन सकिने धारणा समेत व्यक्त गरे ।

उनले पार्टीका समस्या रुपान्तरण अभियानले समाधान गर्ने विश्वास पनि व्यक्त गरे ।