खोटाङको हलेसी बजारमा आगलागी, तीन घर जलेर नष्ट

खोटाङः खोटाङको हलेसी बजारमा भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् ।

तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको बजारमा भएको भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः नष्ट भएको हो ।

आइतबार साँझ हलेसी बजारमा रहेको पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आगो सुरु भएको थियो। पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि जलेको छ ।

नजिकै रहेको प्रकाशचन्द्र गिरीको घरमा पनि क्षति पुगेको बताइएको छ ।

आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको छ भने त्यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।