काठमाडौंः भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीहरूमाथि गरेको ज्यादती र दुव्र्यवहार प्रकरणमा माफी मागेको छ ।
नेपालको रुपन्देहीकी प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरूमाथि गरेको दुव्र्यवहारको घटनाप्रति कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गरी माफी मागेका हुन् ।
केआईआईटी विश्वविद्यालयलले जारी गरेको विज्ञपप्तीमा नेपाली विद्यार्थीप्रति भएको दुवर््यवहार र हाम्रो कलेको कर्मचारीको गैरजिम्मेवार व्यहारप्रति हामी अत्यन्तै दुःखी भएका छौ र माफी चाहन्छौ भनिएको छ । साथै भारतीय विद्यार्थी सरह नेपाली विद्यार्थीलाई पनि त्यतिबै माया गर्ने समेत विश्वविद्यालयले जनाएको छ ।
साथै नेपाली विद्यार्थीहरूलाई आफ्नो कक्षामा सहभागी हुन समेत अनुरोध गरिएको छ ।
केआइआइटी प्रशासनले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुईजना सुरक्षाकर्मीलाई बर्खास्त गरिएको समेत विज्ञप्तीमा उल्लेख गरेको छ ।
साथै छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जॉचबुझ थालिएका लगायता विषय कलेजले विज्ञप्तिमार्फत् प्रस्ट पारेको छ ।



















