जुम्ला: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ स्याउ रोप्न जुम्ला पुगेका छ्न् ।
जुम्ला सदरमुकाम देखि हिडेर एक दिन लग्ने हिमा गाउँपालिका-७ धाछु गाउँमा स्याउ रोप्न विप्लव जुम्ला पुगेका हुन् ।
स्याउ रोप्न जुम्ला पुगेका विप्लवलाई नेकपा जुम्लाका नेताकार्यकर्ता तथा स्थानीय जनताले स्थानीय झाँकी, बाजागाजा र फूलमालाले स्वागत गरेका छन् ।
चार दिनदेखि चलिरहेको पार्टीको स्कुलिङ तथा स्याउ रोप्ने कार्यक्रममा लागि नेकपाका महासचिव विप्लवसहितको टोली जुम्ला पुगेको हो ।
स्वागत कार्यक्रममा संक्षिप्त कुरा राख्दै महासचिव विप्लवले जनतालाई कृषिमा आत्मनिर्भर बनाउन जुम्लामा स्याउँ रोप्न आएको बताए ।
उनले पहिला नेता र कार्यकर्ता उत्पादनमा आत्मनिर्भर हुनुपर्ने त्यसपछि जनतालाई आत्मनिर्भर बनाएर देशलाई समृद्धिको दिशामा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।
साथै उनले कृषि उत्पादनले नै देशलाई आत्मनिर्भर बनाउने भएकाले सबैलाई कृषि उत्पादनमा लाग्न आग्रह समेत गरेका छन् ।



















