काठमाडौंः काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमार बराबरीमा टुङ्गीएको छ ।
दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलका सबै गोल पहिलो हाफमा मात्र भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो ।
खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गरिन् । २५ यार्डबाट उनले फ्रिकिकमा शानदार गोल गरेकी हुन्। ११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सबिता रानामगरले ट्याप इन गोल गर्दै खेल बराबरीमा ल्याइन् ।
१६औं मिनेटमा मे टेट नुले गोल गर्दै म्यानमारलाई पुनः अगाडि ल्याइन् । ४०औं मिनेटमा सावित्राले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।


















