काठमाडौं: केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको उद्घाटन गरेका छ्न् ।
ओलीले आज मेडिकल कलेजको रजत जयन्तीका अवसरमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका हुन् ।
मेडिकल कलेजले हालसम्म एमविविएसमा दुुई हजार दुुई सय ६२, विडिएसमा तीन सय ३५, एमडिरएमएस र एमडिएसमा तीन सय २४ जना, विशिष्टीकृत सेवा अन्तरगत डिएम एमसीएचमा आठ, विएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा दुई सय आठ गरी स्थापनाकाल हालसम्म चार हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको जनाइएको छ ।
उद्घाटन गरिएको नयाँ भवनले जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान तथा मुलुकका दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि उपयोगी हुने ठानिएको छ ।


















