यो साता जम्मा ३ अंक मात्र बढ्यो सेयर बजार

काठमाडौं: गत साता ७२ अंक बढेको सेयर बजार यो साता जम्मा ३ अंक बढेको छ ।

गत साता २८१५ मा रहेको बजार यो साता २८१८ अंकमा पुगेको हो ।

५ दिन खुलेको बजार ४ दिन घट्यो । यद्यपि एक दिनको वृद्धिलाई ४ दिनको गिरावटले पनि जित्न सकेन ।

पहिलो दिन आइतबार ७५.२४ अंक बढेको बजार त्यसपछि लगातार घट्यो । सोमबार १३.६१, मंगलबार ३०.३६, बुधबार २५.१६ तथा बिहीबार २.७० अंक घट्यो ।

यो साता सोमकार भएको कारोबार भदौ ९ यताकै उच्च हो । सो दिन १४ अर्ब २८ करोडको कारोबार भयो । पहिलो दिन आइतबार १४ अर्ब २५ करोड, मंगलबार १२ अर्ब ९४ करोड, बुधबार १० अर्ब ९७ करोड तथा बिहीबार १० अर्ब १० करोडको कारोबार भयो ।