काठमाडौं: नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संघीयताको पुनःसंरचना गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
संघीय संसद्मा सांसदहरूको संख्या बढी भएको समेत टिप्पणी गर्दै उनले समानुपातिक र समावेशी सहित संघीय संसद्मा २७५ बाट घटाएर १६५ मा झार्नुपर्ने बताएका छन् ।
उनले भने -‘हाम्रो जम्माजम्मी तीन करोड जनसंख्या छ, २७५ प्रतिनिधि सभा छ। निश्चित रुपमा समावेशी र समानुपातिकलाई खारेज गर्नु हुँदैन,’ उनले भने, ‘तर समावेशी र समानुपातिकलाई राखेरै पनि १६५ मा जान सकिएला नि । संख्या यहाँ पनि घटाऔं। तल प्रदेशमा पनि संख्या किन जम्बो चाहियो ? त्यहाँ पनि संख्या घटाऔं ।’
संघीयताको नाममा उत्पदानमा केन्द्रित नभई वितरमुखी प्रक्रियामा रमाइरहने प्रवृत्तिले संघीयमाथि सधैं प्रश्न उठिरहने समेत उनले बताएका छन्।


















