बढुवा भएका दुई जना एसपीलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौँः नेपाल प्रहरीको जनपद समूहतर्फ डीएसपीबाट एसपीमा बढुवा भएका दुई जना अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

रविन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेतलाई आईजीपी दीपक थापाले शुक्रवार दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

उनीहरूलाई फागुन २८ मा बढुवा समितिले एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरू यसअघिको बढुवामा छुटेका थिए ।