मेयर शाहले आक्रोशित हुँदै लेखे “तिमीहरूलाई टुकुचामा गाडिदिन्छु”

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सबैलाई टुकुचामा गाडिदिने आक्रोश पोखेका छ्न् ।

सोमबार राति फेसबुकमा एउटा स्ट्याटस पोस्ट गर्दै शाहले सरकार विरुद्ध आक्रोश पोखेका हुनउनले सरकारको दम्भले गर्दा काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएको भन्दै आक्रोशित बनेका हुन् ।

उनले फेसबुक स्ट्याटस लखेका छ्न्-“को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !’’