जापानमा ६.९ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

सुनामीको चेतावनी

जापानको दक्षिणपश्चिम क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प मियाजाकी प्रिफेक्चर, क्युशु क्षेत्रको तटीय क्षेत्रमा स्थानीय समय अनुसार राति ९ः१९ बजे गएको हो ।जापानको मौसम विभागले यस भूकम्पपछि १ मिटर (करिब ३ फिट) सम्मको सुनामी आउने सम्भावना रहेको चेतावनी जारी गरेको छ। स्थानीय अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन्।