तोलामा तीन हजार रुपैयाँले घट्यो सुन

काठमाडौं: नेपाली बजारमा आइतबार (जेठ २५) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ७०० रुपैयाँ कायम छ । गएको शुक्रबार (जेठ २३) छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।