काठमाडौं: लेखक तथा अनुसन्धानकर्ता महेशशमशेर राणाको चौथो पुस्तक ‘जंगबहादुरको सेतो बाघ’ (तन्त्र पुस्तक चित्र) विमोचन भएको छ ।
काठमाडौंमा आयोजित एक समारोहमा पुस्तक सार्वजनिक भएको हो ।
पुस्तकमा जाःमन गुभाजुदेखि जंगबहादुर राणासम्मको ५०० वर्ष लामो तान्त्रिक परम्परालाई उजागर गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तत्कालीन शक्तिशाली पात्रहरूले अभ्यास गरेको तान्त्रिक विधिहरूको गहिरो अध्ययन चित्रका रूपमा पुस्तक प्रस्तुत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
करिब ४० वर्षको समय लगाएर संगृहीत गरिएको कृतिमा समावेश १०० भन्दा बढी दुर्लभ चित्रहरूलाई पुनः सम्पादन र समृद्ध गरी प्रस्तुत गरिएको छ । जसले तन्त्र परम्पराको ऐतिहासिक सम्मानलाई पूर्णरूपमा उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको प्राचीन इतिहास, अध्यात्म र शक्ति–संस्कृतिको समिश्रण प्रस्तुत गर्ने यो कृति नेपाली तान्त्रिक परम्परामा रुचि राख्ने पाठकहरूका लागि संग्रह योग्य दस्तावेज सावित हुने लेखक राणाले विश्वास व्यक्त गरेका छ्न् ।


















