काठमाडौं: कैलालीमा आज (आइतबार) बिहान भारी वर्षा भएको छ । बुडिआममा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काडालगायत साना खोलामा बहाव बढ्ने सम्भावना छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
विभागको सूचनामा भनिएको छ -“असार १५, बिहान ७ः३५ बजे । पछिल्लो तीन घण्टामा कैलाली जिल्लास्थित बुडिआम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकोले सो क्षेत्र भई बहने काडा खोलालगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” ।
मौसमविद्ले सोमबार अर्थात असार १६ बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी वर्षाको सम्भावना औँल्याएका छन् ।


















