कांग्रेसको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ ।

सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३:३० बजे बस्ने गरि सारिएको हो ।

१६ असारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरुले धारणा राखिसकेका छन् । आज सभापति, उपसभापति र महामन्त्री गरी पाँच जनाले धारणा राखेर निर्णयसहित बैठकमा सकिने छ ।

बैठकमा छलफलका लागि १२ एजेण्डा तय गरिएको थियो ।