काठमाडौं: सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा डा. उज्जव चालिसे नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो
मन्त्रिपरिषदको बैठकले अस्पतालका निमित्त निर्देशक डा. चालिसेलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनले नेतृत्व सम्हाले देखि भक्तपुर क्यान्सर अस्पतालमा सेवा थप गर्नुका साथै थुप्रै सुधारका कामहरु भएका छन् ।


















