सुनको मूल्य दिन प्रतिदिन उकालो लाग्दै

काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

आज सुन दुई हजार रुपैयाँ बढेर दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । उक्त रेकर्ड आज तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य उच्च विन्दुबाट पाँच रुपैयाँ घटेर दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।