काठमाडौं: आइतबार सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १५ हजार १०० रुपैयाँ कायम छ । शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । त्यो हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ५७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।



















