सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १५ हजार २०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ५७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

आइतबार प्रतितोला चाँदी दुई हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।