काठमाडौं: अमेरिकाको नागरिकता लिन चाहनेहरूले नागरिकको लिखित परीक्षा पास गर्नुपर्ने व्यवस्थालाई फेरि लागु गर्ने निर्णय गरिएको छ ।
अमेरिकी नागरिकता र अध्यागमन सेवाले यसै सिलसिलामा नागरिकशास्त्र परीक्षाको एक नयाँ संस्करणको घोषणा गरेको हो ।
अमेरिकी नागरिकता र अध्यागमन सेवाले जारी गरेको विज्ञप्तिअनुसार, २०२५ देखि नागरिकता परीक्षा पुनः अनिवार्य गरिनेछ । यो परीक्षा अमेरिकी इतिहास र सरकारको बारेमा आवेदकको ज्ञानको मूल्यांकन गर्न डिजाइन गरिएको छ ।
अमेरिकी नागरिकता र अध्यागमन सेवाले प्रवक्ता म्याथ्यू ट्रागेसरले भने-“अमेरिकी नागरिकता विश्वको सबैभन्दा पवित्र नागरिकता हो र यसलाई केवल त्यस्ता विदेशीहरूका लागि आरक्षित गरिनुपर्छ, जसले एक राष्ट्रको रूपमा हाम्रो मूल्य र सिद्धान्तहरूलाई पूर्ण रूपमा अँगाल्छन् ।”
नयाँ व्यवस्थाअन्तर्गत, आवेदकहरूले अमेरिकी इतिहास र राजनीतिसँग सम्बन्धित १२८ प्रश्नहरूको अध्ययन गर्नुपर्नेछ तीमध्ये २० वटा प्रश्नहरूमध्ये १२ वटाको सही उत्तर दिनुपर्नेछ ।
यसअघि, सन् २००८ मा सुरु भएको पुरानो परीक्षाअन्तर्गत आवेदकहरूले १०० प्रश्नहरू अध्ययन गर्नुपथ्र्यो । १० मध्ये ६ वटाको सही उत्तर दिनुपर्ने नियम थियो ।
सन् २०२० को पुरानो व्यवस्थालाई फेरि लागु गर्ने निर्णय गरेको हो । यो नियम यसै वर्षबाट लागु हुने बताएको छ ।


















