काठमाडौं: मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि ठूलो पहिरो खसेको छ ।
मंगलबार साँझ ठूलो पहिरो खसेका कारण उक्त सडकबाट हुने आवागमन पूर्ण रूपमा बन्द हुन पुगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको हो ।
सडक तत्काल खुल्न सक्ने सम्भावना नरहेकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको अनुरोध छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा भनिएको छ – “नारायणगढ– मुग्लिङ सडक खण्डमा आज गएको ठूलो पहिरोका कारण उक्त सडकबाट हुने आवागमन पूर्ण रुपमा बन्द हुन पुगेको छ । सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उक्त सडक प्रयोग गर्ने सवारीधनी, सवारीसँग सम्बन्धित संघसंस्थाहरू तथा यात्रु महानुभावहरूलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध छ,” जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा भनिएको छ



















