आगो निभाउन दमकल नपठाएको आरोपमा बालेनले दिए स्पष्टीकरण

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २४ गते काठमाडौंमा आगजनी हुँदा दमकल नपठाएको भन्ने आरोपको अफवाह नफैलाउन अनुरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेस्बुक मार्फत् उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्– कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस् । अफवाह नफैलाउनुहोस् । जनताले सही जानकारी पाउने अधिकार राख्छन् ।