विपीन जोशी जीवित छैनन्: इजरायली सेना

काठमाडौं: इजरायली सेनाले नेपालका विपीन जोशी जीवित नरहेको बताएको छ ।

इजरायली सेनाले इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत विपीन जीवित नरहेको जानकारी गराएको हो ।

इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सुचीमा विपिन जोशीको नाम  नभएको बताएको छ ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपीनलाई हमासले २०२३ अक्टोबर ७ मा बन्धक बनाएको थियो ।