काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोसिमा कार्की ले नेपालमा बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सडक सुरक्षामा सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले दैनिक औसत आठ जना नेपालीले सडक दुर्घटनामा ज्यान गुमाइरहेको उल्लेख गर्दै सडक सुरक्षामा सरकारको ध्यानाकर्षण गराएकी हुन्
उनले पछिल्लो १० वर्षमा २४ हजार ९५ जनाको मृत्यु भएको तथ्यांक प्रस्तुत गर्दै उनले यो अवस्था अत्यन्त दुःखद भएको बताइन्।
सांसद कार्कीले लामो समयदेखि रोकिएको सडक सुरक्षा विधेयक तत्काल अघि बढाउन सरकारसँग माग गरिन्। साथै, सडक दुर्घटनापछि प्रभावकारी उपचारका लागि एकीकृत ट्रमा नीति आवश्यक रहेको उल्लेख गर्दै सातै प्रदेशमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउनुपर्ने धारणा राखिन्।



















