काठमाडौं: बालेन शाह ले दर्ता गराएका दुई विधेयक प्रतिनिधिसभामा पेश भएका छन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम ले बुधबार प्रतिनिधिसभा बैठकमा ती विधेयक पेश गरेकी हुन्।
पेश गरिएका विधेयकहरू:
प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३
मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३
सरकारले २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार समानुपातिक निर्वाचन प्रणालीमा विभिन्न समुदायको प्रतिनिधित्वको प्रतिशत अद्यावधिक गर्न आवश्यक भएकाले निर्वाचनसम्बन्धी विधेयक ल्याएको जनाएको छ।
संविधानको धारा ८४(२) अनुसार महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था छ।
त्यसैगरी, मतदाता नामावली संशोधन विधेयक भने यसअघि अध्यादेशमार्फत गरिएको व्यवस्थालाई कानुनी रूप दिन ल्याइएको बताइएको छ। छुटेका मतदातालाई नामावलीमा समावेश गर्ने उद्देश्यले सरकारले अध्यादेश जारी गरेको थियो।
प्रतिनिधिसभाको अर्को बैठक जेठ ७ गते बिहान ११ बजे बस्नेछ भने अब यी विधेयकमाथि दफावार छलफल अघि बढ्नेछ।



















