क्यान्सर उपचारका अत्यावश्यक औषधि अभाव, बिरामीको ज्यान जोखिममा

काठमाडौं: नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’को अभाव भएपछि बिरामीको उपचार प्रभावित हुन थालेको छ।

औषधि आयात अघोषित रूपमा रोकिँदा वीर, पाटन र भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापी सेवा प्रभावित बनेको भन्दै क्यान्सर रोग विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका हुन्।

पाटन अस्पतालमा दुई हप्तादेखि कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’को अभाव भएपछि अस्पतालमा उपचाररत करिब ४० प्रतिशत बिरामी प्रभावित बनेको अस्पतालले जनाएको छ।

यसैगरी, भक्तपुर क्यान्सर अस्पतालमा दैनिक ४० देखि ५० बिरामीको किमोथेरापीका लागि उक्त औषधी आवश्यक पर्ने छ । तर अभाव हुने देखिएपछि अस्पतालले औषधि व्यवस्था विभागलाई पत्राचार नै गरेर समस्या समाधानका लागि समयमै पहल गर्न आग्रह गरिरहेको उनी बताउँछ्न्।

चिकित्सकहरूका अनुसार उक्त औषधि समयमै  नपाउने हो भने क्यान्सर बिरामीको ज्यान नै जोखिममा छ।

क्यान्सर बिरामीको लागि आवश्यक उक्त औषधी अस्पतालहरुमा अभाव हुनथाले पछि सो विषय सदनमा समेत उठेको छ

अन्तर्राष्ट्रिय बजारमा औषधिको मूल्य बढे पनि नेपालमा मूल्य समायोजन नभएकाले आयातकर्ताले औषधि ल्याउन नसकेको औषधि व्यवस्था विभागले जनाएको छ।