काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरुङ दम्पत्तिबाट अनुदानस्वरूप प्रस्ताव गरिएको केन्द्रीय कार्यालय भवन नलिने निर्णय गरेको छ।
पार्टी सचिवालय बैठकमा गुरुङको प्रस्ताव धन्यवादसहित फिर्ता गर्दै अब बल्खुमै नयाँ कार्यालय निर्माण गर्ने प्रस्ताव पेश गरिएको हो।
सचिवालयको प्रस्तावमा कलंकी क्षेत्रमा भवन निर्माणको प्रस्ताव गर्ने दाताप्रति आभार व्यक्त गर्दै अब मदननगर, बल्खुमा नै पार्टीको केन्द्रीय कार्यालय बनाउने उल्लेख गरिएको छ।
यसअघि गुरुङ दम्पतीले जग्गासहित भवन निर्माण गरिदिने घोषणा गरेका थिए। उक्त भवनको शिलान्यास २०८१ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्त रूपमा गरेका थिए। तर, निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन।
व्यवसायी गुरुङबाट जग्गा र भवन दान लिने निर्णयपछि एमालेभित्र व्यापक विवाद भएको थियो।


















