काठमाडौं: सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि पुनः दरखास्त आह्वान गरेको छ।
मन्त्रालय अन्तर्गतको अध्यक्ष पदमा नियुक्तिसम्बन्धी सिफारिस समितिले शनिबार सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारसँग आवेदन मागेको हो।
सूचना अनुसार प्रतिस्पर्धात्मक प्रक्रियामार्फत एक जना उम्मेदवार छनोट गरी अध्यक्षमा नियुक्त गरिनेछ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी जेठ १८ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ।
उम्मेदवारले दरखास्त फाराम, आवश्यक योग्यता तथा संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालय र सार्वजनिक सेवा प्रसारण संस्थाको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्ने समितिले जनाएको छ।
यसअघि बिहीबार आवेदन आह्वान गरिएको सूचना शुक्रबार खारेज गरिएको थियो। त्यसपछि शनिबार पुनः नयाँ सूचना जारी गरिएको हो।


















