काठमाडौं: गोरखाको मनकामना सडकखण्डमा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ५५६७ नम्बरको जीप रामशाह घाट क्षेत्रमा दुर्घटनामा परेको हो।
दुर्घटनामा जीप चालक मकवानपुर राक्सिराङ गाउँपालिका–३ सिजलटारका २४ वर्षीय सुजन घलान र भारतका १८ वर्षीय अरविनकुमार साह घाइते भएका छन्।
गम्भीर घाइते साहलाई थप उपचारका लागि चितवनस्थित मौलाकाली अस्पताल पठाइएको प्रहरीले जनाएको छ। चालक घलानको भने आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।


















