भारतमा पेट्रोल र डिजेलको मूल्य पुनः वृद्धि

काठमाडौं: भारत मा पेट्रोल र डिजेलको मूल्य सोमबार पुनः बढाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पेट्रोलमा प्रतिलिटर २.६१ रुपैयाँ र डिजेलमा २.७१ रुपैयाँ वृद्धि गरिएको हो ।

योसँगै पछिल्लो १० दिनभित्र इन्धनको मूल्य चौथोपटक बढेको छ । नयाँ मूल्यअनुसार दिल्ली मा पेट्रोल प्रतिलिटर १०२.१२ रुपैयाँ र डिजेल ९५.२० रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल ९९.५१ रुपैयाँ र डिजेल ९२.४९ रुपैयाँमा बिक्री भइरहेको थियो ।

इन्धनको मूल्य लगातार बढ्दै जाँदा सर्वसाधारणको दैनिक खर्चमा थप दबाब पर्ने देखिएको छ । यातायात तथा ढुवानी क्षेत्रमा समेत यसको प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ ।