सुन घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम थियो ।

यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला पाँच हजार ६० रुपैयाँ थियो ।