काठमाडौं: प्रेमलाल चौधरीले सरकारले आफ्नै राष्ट्रिय राइड शेयर प्लेटफर्म निर्माण गर्नुपर्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय राइड शेयर प्लेटफर्म निर्माण गर्नुपर्ने बताएका हुन् ।
उनले राइड शेयर सेवामार्फत वार्षिक रूपमा करोडौँ रकम विदेशिने गरेको उल्लेख गर्दै त्यसलाई रोक्न सरकार आफैंले प्लेटफर्म सञ्चालन गर्नुपर्ने धारणा राखे । साथै, उनले विदेशी राइड शेयर कम्पनीहरूले लिने कमिसनसमेत धेरै भएको भन्दै त्यसलाई १२ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झार्नुपर्ने बताए ।
‘राइडमार्फत वार्षिक करोडौँ रकम बाहिरिने गरेको छ । त्यसैले नेपाल सरकारसँग अनुरोध गर्दछु कि सरकारले आफ्नै राष्ट्रिय राइड शेयर प्लेटफर्म निर्माण गरोस्,’ सांसद चौधरीले भने ।


















