दैलेखमा पारिवारिक विवादले लियो दुःखद मोड, बाबुद्वारा भूतपूर्व सैनिक छोराको हत्या

काठमाडौं: दैलेखको नारायण नगरपालिका–९ सालखर्कमा पारिवारिक विवाद उग्र बनेपछि बाबुले आफ्नै छोराको हत्या गरेका छन्।

७३ वर्षीय कविराज थापाले आफ्नै ४४ वर्षीय छोरा यादव थापामाथि हँसिया प्रहार गरी हत्या गरेका छ्न्।

दैलेखमा मंगलबार राति पारिवारिक विवाद बढेपछि  ७३ वर्षीय कविराज थापाले आफ्नै ४४ वर्षीय छोरा यादव थापामाथि हँसिया प्रहार गरी हत्या गरेका हुन्।

प्रहरीका अनुसार विवादका क्रममा यादवको गर्धन, पाखुरा तथा शरीरका अन्य भागमा गम्भीर चोट लाग्ने गरी प्रहार गरिएको थियो। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको बताइएको छ।

मृतक यादव थापा नेपाली सेनाका सेवानिवृत्त सैनिक रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि आरोपित कविराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।