विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं: विष्णु पौडेल लाई सोमबार म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको आरोपमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि यसअघि सात दिनको म्याद दिइएको थियो। उक्त म्याद सोमबार सकिएपछि थप अनुसन्धानका लागि म्याद माग्दै उनलाई अदालतमा उपस्थित गराइएको हो।

पक्राउपछि पौडेललाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

विशेष अदालतले अब अनुसन्धानको प्रगति र आवश्यकताको आधारमा थप म्याद दिने वा नदिने विषयमा निर्णय गर्नेछ।