सेवाग्राहीसँग २१ हजार घुस लिँदै गरेका लेखा अधिकृत अख्तियारको फन्दामा

काठमाडौं: काठमाडौं महानगरपालिका–३० मा कार्यरत लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई २१ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

आयोगका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले भट्टराईलाई नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।