सामाजिक सद्भाव बिगारेको आरोपमा मधेशमा ३६ जना पक्राउ

काठमाडौं: नेपाल प्रहरीले सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा मधेश प्रदेशका पाँच जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्साबाट उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सबैभन्दा बढी धनुषाबाट १९ जना पक्राउ परेका छन्। त्यसैगरी सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २ र पर्साबाट १ जना पक्राउ परेका छन्।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।