डिल्लीबजार कारागारबाट भागेका व्यक्ति १४ वर्षपछि पक्राउ

एक जना पक्राउ

काठमाडौंः डिल्लीबजार कारागारबाट भागेका व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई १४ वर्षपछि पक्राउ गरेको एसपी अपिलराज बोहराले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा ओखलढुंगा घर भई गोंगबु बस्ने ४५ वर्षीय पेशलराज बुढाथोकी छन्।

उनीविरूद्ध वैदेशिक रोजगार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०६६ साउन १९ गते तीन वर्ष कैद र तीन लाख जरिवाना सुनाएको थियो। सोही साल फागुन २५ गते कारागार कार्यालय डिल्लीबजारमा पठाइएको थियो।

तर उनी २०६७ साउन २९ गते फरार भएका थिए। त्यस समयदेखि फरार रहेका उनलाई काठमाडौंको विशेष टोलीले पक्राउ गरेको हो ।