काठमाडौँः नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको साँठगाँठ अनैतिक, विचौलिया र दलालहरूसँग रहेको आरोप लगाएका छन् । पार्टीबाट निकालिएपछि अगामी राजनीतिक यात्राबारे जानकरी दिन बुधवार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्नो स्थान नहुनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व देशद्रोही भनिएका भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ भएको आरोप लगाएका हुन् ।
उनले पाँच दशक पार्टीमा काम गरेको नेतासँग कुरा नै नगरी सोधिएको प्रष्टिकरण प्रथम दृष्टिमै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपजका रुपमा प्रष्ट देखिएको समेत बताएका छन् । साथै उनले ओलीलाई कथित स्पष्टिकरणको जवाफ दिनुभन्दा जनतालाई थुप्रै जवाफ दिनुपर्ने आजको आवश्यकता रहेको समेत जनाएका छन् ।
उनले एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उहाँले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको गुनासो समेत गरेका छन् । आक्रोशित हुँदै उनले आफ्नो ४९ वर्षको पार्टी सदस्यता खोसेर ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने केपी ओलीले मुलकमा कस्तो सुशासन र समाजवाद ल्याल्यान खोजको भन्दै ओलीलाई प्रश्न समेत गरेका छन् ।
ओलीले यसैगरी निरंकुश बन्दै स्वेच्छाकारी ढंगबाट पार्टी चलाउँदै गएमा २०८४ को चुनावमा एमाले पतन हुने दाबी समेत उनले गरे ।



















