नाबालिका बलात्कारको आरोपमा पक्राउ परे नेकपा एसका गण्डकी उपाध्यक्ष

पोखरा: घरैमा काम सघाउन राखिएकी नाबालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा नेकपा एकीकृत समाजवादी गण्डकीका उपाध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका १४ का ५१ वर्षीय गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
कास्की प्रहरीले स्याङ्जा प्रहरीलाई पत्राचार गरेको गरे पछि उनलाई मंगलबार कास्की ल्याइएको छ ।

उनीमाथि ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिए ।

बयानका क्रममा पीडित बालिकाले अघिल्लो वर्षदेखि नै करणी र हिंसा भएको खुलाएकी छिन् ।

गिरी केही महिनाअघि मात्र एकीकृत समाजवादी पार्टी स्याङ्जाको अध्यक्ष बनेका थिए । साथै माघ अन्तिममा म गण्डकीको उपाध्यक्ष बनेका हुन् ।

पोखरामा परिवारकाका साथ बस्ने गरेका गिरिले त्यहीबेला नै ती नाबालिकामाथि जबर्जस्ती करणी गर्ने गरेको आरोप उनलाई लागेको छ ।