काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सभाका क्रममा फोहोर गरेको भन्दै पत्र नकाट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आग्रह गरेका छन् ।
बल्खुमा आयोजित सभाको फोहोर आफूहरूले नै सफा गर्ने बताउदै मेयर बालेनलाई हिरो भएर पत्र नकाट्न उनले आग्रह गरे ।
उनले मेयर बालेनलाई भने- “बालेनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न आग्रह गर्छु, हाम्रो साथीहरूलाई आफैँ सफा गरेर जान आग्रह गर्छु, केही पनि फोहोर रहनेछैन ।”
यसअघि काठमाडौं महानगरपालिकाकाले राप्रपाले फोहोर गरेको भन्दै जरिवाना तिराएको थियो ।


















