काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन प्रतितोला ५०० रुपैयाँ बढेर एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर दुई हजार ७५ रुपैयाँमा करोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

















