काठमाडौं: बुढानीलकण्ठका नगरपालिका नगर प्रमुख मिठाराम अधिकारीले दिगो शहरी विकासका लागि व्यवस्थित फोहोर व्यवस्थापन आवश्यक रहेको बताएका छन्।
आज बुढानीलकण्ठमा आयोजित आर.डी.एस.सी फोहोर व्यवस्थापन हस्तान्तरण कार्यक्रममा प्रमुखअधिकारीले दिगो शहरी विकासका लागि व्यवस्थित फोहोर व्यवस्थापन आवश्यक रहेको बताएका हुन्।
उनले कार्यक्रममा फोहोरलाई स्रोतका रूपमा उपयोग गर्नुपर्ने र स्थानीय तह, निजी क्षेत्र तथा समुदायबीच सहकार्य आवश्यक भएको उल्लेख गरे। साथै, उनले फोहोर वर्गीकरण, पुनःप्रयोग र रिसाइकलमा नागरिकको सक्रिय सहभागिता रहन आवश्यकता समेत औलाएका छन्।




















