आयुर्वेद विभागको महानिर्देशक बने डा. वासुदेव उपाध्याय

काठमाडौं: सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्यायलाई नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयबाट ११औं तहका आयुर्वेद चिकित्सक उपाध्यायलाई विभागको जिम्मेवारी दिइएको हो।

यसअघि नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक रहेका उपाध्यायको दरबन्दी भने सोही चिकित्सालयमै कायम रहने मन्त्रालयले जनाएको छ।

उपाध्याय विभागमा गएपछि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पद हाल रिक्त रहेको छ।

यसअघि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. श्यामबाबु यादवले सम्हाल्दै आएका थिए।