दोस्रो बुढानीलकण्ठ भिडियो प्रतियोगिता सम्पन्न, प्रथम हुनेलाई १ लाख रुपैयाँ प्रदान

काठमाडौं: दोस्रो बुढानीलकण्ठ भिडियो प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा रन्जित श्रेष्ठ प्रथम, गोपाल बि.के. द्वितीय तथा अम्रित श्रेष्ठ र प्रतिक छेत्री संयुक्त रूपमा तृतीय भएका छन्।

प्रथम हुनेलाई १ लाख रुपैयाँ, द्वितीयलाई ७५ हजार रुपैयाँ र तृतीय हुनेलाई ५०–५० हजार रुपैयाँ नगद पुरस्कारसहित पालि स्व रेष्टुरेन्टको गिफ्ट भौचर प्रदान गरिएको छ।

प्रतियोगिताको निर्णायक मण्डलमा प्रभात कुमार रिमाल उपाध्याय, धिरज जंग शाह, चोपेन्द्र सागर पराजुली र सत्यराज जोशी रहेका थिए।

निर्णायकहरूले भिडियोको रचनात्मकता, प्रस्तुतिकरण र सन्देशको प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेका थिए।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगाएत सहभागी थिए।

बुढानीलकण्ठको सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।