बालेन शाहद्वारा संसद्‌मा दुई विधेयक दर्ता

काठमाडौं: बालेन शाहले प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता गरेका छन्।

उनले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ प्रधानमन्त्रीको हैसियतमा तथा मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ गृहमन्त्रीको हैसियतमा दर्ता गरेका हुन्।

विधेयकमा २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वको प्रतिशत परिमार्जन गर्ने प्रस्ताव गरिएको छ।
संविधानको धारा ८४(२) अनुसार राजनीतिक दलहरूले बन्दसूचीमार्फत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेकाले नयाँ जनसंख्या विवरणअनुसार प्रतिशत मिलाउन संशोधन आवश्यक परेको सरकारको भनाइ छ।

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी उक्त विधेयक आजै संसद्मा पेश गरिएको छ।